भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


Capture १८ फागुन, काठमाडौं । विहान करीब साढे १० बजे महानगरीय प्रहरीको कन्ट्रोलमा रहेको १०० नम्बरमा फोन आयो । एक सर्वसाधारण व्यक्तिले फोन गरेर आत्तिदै भने- सिंहदरवार अगाडि रहेको सिद्धार्थ इन्सोरेन्सको गेटमा बम छ । कन्ट्रोल रुपले तत्काल महानगरीय प्रहरी वृत्त सिंहदरवारलाई घटनास्थल जान भन्यो । प्रमुख प्रशासनिक निकाय सिंहदरबारको दक्षिण गेट नजिकै, काठमाडौं जिल्ला प्रशासन कार्यालय, अदालत लगायतका सरकारी कार्यालय नजिकै बम भेटिएको सूचनाले प्रहरी हैरान भयो । सूचना पाएलगतै सिंहदरवार वृत्तका डिएसपी प्रजित केसी नेतृत्वको टोली घटनास्थल तर्फ हानियो । डिएसपी केसीसहितको टोलीले बम राखिएको भनिएको स्थानमा खोजि गर्दा अनामनगरको हनुमानस्थानस्थित कलर बजारको गेटमा एउटा शंकास्पद बस्तु भेट्यो । बाहिरबाट झट्ट हेर्दा बमै जस्तो देखियो । लगत्तै त्यस वरपर मानिसहरुको आवत जावत बन्द गराइयो । डिएसपी प्रजितले बस्तु अवस्थाबारे कन्ट्रोल रुममा जानकारी गराए र शंकास्पद बस्तु बम पनि हुनसक्ने भन्दै सेनाको डिस्पोजल टोलिलाई खबर गरे । त्यति बेलासम्म नजिकै रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बम राखिएको भनिएको स्थान वरीपरीलाई घेराबन्दि गरिसकेको थियो । बाटोमा हिँडिरहेकाहरुलाई हिंड्न रोकियो, सवारी साधनलाई पनि वैकल्पिक बाटोबाट पठायो । शंकास्पद बस्तु भेटिएको खबर सञ्चारमाध्यबाट सबैतिर पुगिसकेको थियो । घटना स्थलमा सर्वसाधारणको भिड थियो । घटनास्थल सिल गरिएको भए पनि सेनाको बम डिस्पोजल टोलि डेढ घण्टासम्म आइपगेन । सर्वसाधारणमा त्रास फैलिसकेको थियो । सवारी जाममा फसेको सेनाको डिस्पोजल टोलि बम निष्कृय पार्ने उपकरणसहित घटनास्थल आइपुग्यो र शंकास्पद बस्तुलाई आफ्नो उपकरण मार्फत चेक गर्‍यो । Bombदर्शक बनिरहेका सर्वसाधारण कोहि बम नै हो भन्दै थिए भने कोहि नक्कली हुन सक्ने आंकलन गरिरहेका थिए । सेनाले गेटमा रहेको शंकास्पद बस्तुलाई सडकमा लग्यो । फलामको बस्तु भएकाले विष्फोट गराउन केहि जोखिम हुने सेनाको टेालिले बताइरहेका थियो । उनीहरुले केहिबेर सल्लाह गरे र शंकास्पद बस्तुलाई समातेर गाडीमा राखेर अन्तै लगे । डिस्पोज गर्न आइपुगेका सेनाका क्याप्टेन प्रदिपध्वज बुढाथोकीले भने, ‘त्यसका केहि किलाहरु खुकुला रहेछन् । त्यो कुनै शंकास्पद हो कि भनेर हेरेका थियौं होइन रहेछ ।’ बुढाथोकीकाे यो भनाइले बल्ल सर्बसाधारणले सुखको सास फेरे । सर्बसाधारणले बम भनेर खबर गरेको त्यो बस्तु बास्तबमा पानी शुद्धिकरण गर्ने मेसिन रहेछ, त्यो पनि विग्रिएको । त्यसैलाई बम ठानेर करिब ३ घण्टा सर्बसाधारणले त्रासमा बिताए । त्यस वरीपरी हिंड्ने नागरिकहरुले सास्ति पाए । सिंहदरबार बृत्तका डिएसपी प्रजित केसीले पनि आमनागरिकलाई त्रसित बनाउने गरी राखिएको बस्तु बम नभइ पानी शुद्धिकरण गर्ने विगि्रएको मेसिन भएको स्पष्ट पारे । डिएसपी केसीका अनुसार शंकास्पद वस्तु भेटिए लगत्तै प्रहरीले त्यस क्षेत्रमा राखिएको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गरेको थियो । तर कसैले बनाउन ल्याएको मेसिन भएको र नबने पछि फालेको सिसिटिभिमा देखिएको डिएसपी केसीले बताए । पछिल्लो समय यस्ता नक्कली बमको आतंकले सर्वसाधारण नागरिकलाई मात्रै होइन सुरक्षा निकायलाई समेत हैरानी दिएको छ । तर शंकास्पद बस्तु जे भए पनि सुरक्षाको हिसाबले संवेदनशील हुन्छ । त्यसैले कुनै शंकास्पद बस्तु देखिएमा तुरुन्तै सुरक्षाकर्मीहरुलाई खबर गर्नुपर्छ । अनलाइन खबर बाट साभार - See more at: http://www.lightnepal.com/3407#sthash.sxY4qTNi.Dbfv1oxB.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment