फिफा बरियतामा नेपालले दक्षिण एशियामा पाकिस्तान, श्रीलंका र भुटानलाई पछाडि छोड्दै तीन स्थान माथि उक्लदै १८५औं स्थानमा आइपुगेको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रम अनुसार अघिल्लो महिनाको तुलनामा नेपाल तीन स्थान माथि उक्लदै १८५औं स्थानमा आइपुगेको छ।

दक्षिण एशियामा तीन स्थान सुधार गरेको अफगानिस्तान १५१औं स्थानसहित पहिलो स्थानमा छ। यस्तै एक स्थान तल झरेको माल्दिभ्स १५८, दुई स्थान सुधार गर्दै भारत १६० औं स्थानमा उक्लिएको छ।

यसैगरी बंगलादेश १७७औं स्थानमा छ ।

नेपाल भन्दा पछाडि दक्षिण एशियामा पाकिस्तान, श्रीलंका र भुटान पुगेका छन्। पाकिस्तान १८७औं, श्रीलंका १८९औं र भुटान १९३औं स्थानमा पुगेका छन् ।

फिफा बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ। बरियतामा शीर्ष १३ सम्म कुनै पनि देशहरू परिवर्तन भएका छैनन्।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment