राष्ट्रसंघमा पहिलो पटक नेपाली बौद्ध भजन गुन्जने ,यो अवसर आनी छोइङलाई प्राप्त – -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएकी आनी छोइङले २० मार्चमा हिमाली बौद्ध भजन, आध्यात्मिक गीत सुनाउने कार्यक्रम छ ।
२० मार्च (७ चैत) मा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा पहिलोपटक नेपाली गायिकाको स्वर सुनिने भएको छ। आनीले भजन र आध्यात्मिक गीत सहित मन्तब्य पनि दिनेछिन् ।
महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएकी आनी छोइङले ‘अन्तर्राष्ट्रिय खुशी दिवस’ को अवसरमा आनी छोइङ डोल्माले विश्वमाझ बौद्ध मन्त्रमार्फत शान्तिको कामना गर्नेछिन्।
खुशी आर्थिक समृद्धिको महत्वपूर्ण अंग भएको भन्दै राष्ट्रसंघले सन् २०१२ देखि २० मार्चलाई खुशी दिवसको रुपमा मनाउँदै आएको छ।
“राष्ट्रसंघमै गएर शान्तिको आह्वान गर्न पाउनु मेरा लागि अवसर र उत्साह दुवै हो”, युनिसेफकी सद्भाव दूतसमेत रहेकी आनी छोइङ भन्छिन्।
उनको टोलीमा संगीतकार न्ह्यू बज्राचार्य, गोपाल रसाइली र रमन महर्जन पनि हुनेछन्।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment