एकल इन्जिनका विमानमा यात्रु चढ्न प्रतिबन्ध, प्राविधिक परीक्षण गरेर मात्र उडान भर्न निर्देशन -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस





काठमाडौँ, २४ फागुन - सरकारले एक इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध लगाउने र कार्गोका रुपमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो।

कार्गोका रुपमा सञ्चालन अनुमति दिएका विमानको पनि प्रत्येक महिना नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत प्राविधिक परीक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा मात्र उडाउने निर्णय गरेको छ।

त्यस्तै एकल इन्जिनका जहाज उडाउनु अगाडि परीक्षण गरी दैनिक लगबुक राख्ने र त्यसको अनुगमनका आधारमा मात्र उडान अनुमति प्रदान गर्ने पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एकल इन्जिन भएका विमान खरिद गरेर ल्याउन प्रतिबन्ध गर्ने निर्णय पनि गरेको छ ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले हाल भएका एकल इन्जिनका विमानलाई कार्गोको रुपमा उडान अनुमति दिने तर आगामी दिनमा एकल इन्जिन भएका विमान खरिद गरेर ल्याउन प्रतिबद्ध लगाइएको जानकारी दिनुभयो।

यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखायामा दुर्घटना भएपछि सरकारले एकल इन्जिनको विमान सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो। नेपालमा हाल एकल इन्जिनका पाँचवटा मात्र विमान छन्।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment