कांग्रेस महाधिवेशनः एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



महाधिवेशनमा सहभागी ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विन्टल तरकारी, पाँच सय किलो चामल पाक्ने गरेको छ । खानापछिको डेजर्टका लागि नौ हजारवटा रसबरी र ६ सय लिटर दही खपत हुन्छ । खाना खुवाउने जिम्मा दिव्यश्वरी पार्टी प्यालेसले लिएको छ ।



बिहान ७ देखि ९ बजेसम्म नास्ता, उसिनेको अन्डा एउटा, पुरी–तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ । नास्ता दैनिक फरक–फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक–एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए ।

मध्याह्न १२ देखि २ बजेसम्म र साँझ साढे ६ बजेदेखि ९ बजेसम्म खाना खाना ननभेजः तीन प्रकारको मासु ९खसी, कुखुरा र माछा० छ । दुईथरी भेज तरकारी, दाल, भात, नान रोटी, डेजर्ट र सलाद पनि छ । ‘हलाल’ गरिएको मासु पनि छ ।

खाना भेजः भेज खानाको छुट्टै व्यवस्था छ । माछामासुबाहेक थप दुई भेज तरकारी थपिएको छ । डाइबेटिजका बिरामीका लागि पनि छुट्टै खानाको व्यवस्था छ । डेजर्टः प्रतिव्यक्ति दही र दुई रसबरी रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

- See more at: http://www.lightnepal.com/4012#sthash.qUFOuoiq.usmSfyE8.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment