यसकारण नेपाली हुनुुमा गर्व छ लोक गायक राजन ठकुरीलाई (भिडियो सहित) -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, ११ फागुन । देशका विविध राजनैतिक घटनाक्रम र राजनीतिज्ञहरुको अदुुरदर्शी नितीका कारण कयौं नेपालीले आफू नेपाली हुनुमा गर्व गर्न छाडेका छन् । नेपालीपनमा रमाउन नसक्नेमा युवा जमात बढी पर्छन् । देशको अस्तव्यस्तता र परनिर्भरताले गर्दा कयौं युवाको उर्जाशिल समय र परिश्रम विदेशी भूमिमा खेर गैरहेको छ । तर, तिनै युवा जमातको एउटा युवा लोकप्रिय लोक गायक राजन ठकुरी भने नेपाली हुनुुमा गर्व गर्छन् । उनी आफ्ना देशका कला र संस्कृतिमा स्वर्ग दैख्छन् । २०६१ सालताका नेपाली लोक गायनमा उदाएका र चर्चाको शिखरमा चुलिएका लोकगायक ठकुरी आजको नेपाल बनाउने आफ्ना पुर्खाले लगानी गरेको रगत र पसिनाको यहि माटोमा बसेर मुल्याङ्कन गरिरहेछन् ।

लोक गायनमा चम्किला नक्षत्रको रुपमा देखा परेका ठकुरीले नेपाली कला संस्कृति र देशको माया समेटिएको स्वदेशगीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नै अफिसियल युट्युवबाट सार्वजनिक गरेको उक्त म्यूजिक भिडियोमा देशभक्त एउटा युवाको रुपमा गायक ठकुरी आफै देखा परेका छन् । उनले बजारमा ल्याउने तयारी गर्दै गरेको एल्वम ‘गर्व’ भित्र समावेश गरिएको उक्त स्वदेशगानमा ठकुरी आफैले शब्द तथा संगीत सिर्जना गरेका छन् । विबेक विकेले निर्देशन गरेको उक्त भिडियोलाई रविन विकेले सम्पादन गरेका हुन । यो स्वदेशगान मार्फत गायक ठकुरीले अवार्ड समेत हात पारिसकेका छन् । २०७२ सालको म्यूजिक खबर म्इूजिक अवार्डमा उनले उक्त स्वदेशगीत मार्फत जुरी अवार्ड प्राप्त गरेका थिए ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment