व्यवसायीले फागुन २२ गतेदेखि विदेशमा कामदार पठाउन बन्द गर्ने -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस





 काठमाडौँ, १३ फागुन - प्रहरीले बुधबार १७ म्यानपावर कम्पनीमा छापा मारेर केही सञ्चालकलाई पक्राउ गरेको विरोधमा सबै म्यानपावरले आज कार्यालय बन्द गरेका छन् ।

सङ्घको आजको बैठकले आगामी फागुन २२ गतेदेखि अनिश्चितकालका लागि वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने निर्णय गरिएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो ।

विदेश जानका लागि प्रवेशाज्ञा आइसकेकालाई मध्यनजर गर्दै त्यस्ता कामदारलाई एक हप्ताभित्र विदेश पठाउन सङ्घले व्यवसायीलाई आग्रह गरेको छ ।

महासचिव गुरुङले वैदेशिक रोजगारको क्षेत्रमा बारम्बार आक्रमण भइरहेको बताउँदै यसको सञ्चालनको बारेमा निश्चित कार्यविधि नबनाएसम्म कार्यालय नखोल्ने बताउनुभयो ।

प्रहरीले कार्यक्षेत्र बाहिर गएर कार्यालयमा छापा मारेको व्यवसायीको आरोप छ । वैदेशिक रोजगारीसम्बन्धी कुनै उजुरी परे सो सम्बन्धमा वैदेशिक रोजगार विभागले कारबाही गर्ने तर प्रहरीले कारबाही गर्न नपाउने उनीहरुको दाबी छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बढी पैसा असुल्ने, कामदारलाई अलपत्र पार्ने, एउटा भनेर अर्कै रोजगारीमा पठाउने, पैसा लिएर पनि रोजगारीमा नपठाउनेलगायतका उजुरीका आधारमा ती कम्पनीमा बुधबार छापा मारेको थि

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment