भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
मिडिया एनपी, काठमाडौं, ८ फागुन । नेपालको नयाँ संविधान घोषणा भएको लामो समयसम्म स्वागत नगरेको भारता प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ संविधान महत्वपूर्ण उपलब्धी भएको बताएका छन् । उनले संविधानमा सबै पक्षलाई समेटेर प्रगती गर्न सुझाव समेत दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतको नेपालप्रति सधैँ असल भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकको भावनालाई भारतले सम्मान गर्ने बताए हुन् ।
नेपालमा नयाँ संविधान जारी भएपछि नेपाल माथि भारतले आर्थिक नाकाबन्दीसमेत गरेको थियो । तर, शनिबार प्रधानमन्त्री ओली समक्ष दुई देशको साझा उदेश्य विकास भएको उल्लेख गर्दै उनले दुई देशको सम्बन्धका बारेमा आफ्नो सधैं सकारात्मक धारणा रहेको बताएका हुन ।
‘हामीले त्यसका लागि मिलेर काम गरिरहेका छौं’ मोदीले पत्रकार सम्मेलनमा भनेका छन् । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको समेत उल्लेख गरेका छन् ।

0 comments:
Post a Comment