भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
गोलभेँडा : गोलभेँडामा एसिडको मात्रा हुन्छ, जसलाई खाली पेटमा खाँदा असर पु¥याउँछ । यसले पेटमा नघुल्ने किसिमको जेल बनाउँछ, जसको कारणले पेटमा पत्थरी बन्न सक्छ ।
सोडा : सोडामा ठूलो मात्रामा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा सेवन गर्नाले बान्ता आउन सक्छ । साथै, असहज महसूस हुन सक्छ ।
औषधि : कतिपय औषधि खाली पेट नखानू भनेर डाक्टरले सल्लाह दिने गरेको पाइन्छ । खाली पेटमा औषधी खानाले पेटमा एसिड बढेर असन्तुलन पैदा हुन्छ ।
चटपटे खाना : खालीपेटमा कहिल्यै पनि चटपटे खाना खानु हँुदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ, जसले हाम्रो पाचनक्रिया बिगारिदिन्छ । यस्तो खानेकुरा खानाले पेटसम्बन्धी समस्या आउँछ ।
अल्कोहल : खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण खाना पनि ठीकसँग पच्दैन र स्वास्थ्य समस्या आउँछ ।
कफी : खाली पेटमा कफी पिउनु हानिकारक मानिन्छ । यसमा क्याफिन तŒव हुन्छ, जसले खाली पेटमा नकारात्मक असर पार्छ । बिहान कफी खानैपरे पहिले एक गिलास पानी पिउन सकिन्छ ।
चिया : खाली पेटमा चिया पिउनु पनि राम्रो होइन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेट दुख्न सक्छ । यसले ग्याष्ट्रिकसमेत बढाउँछ ।
दही : दही स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, खाली पेटमा यो खानाले पेट दुख्न सक्छ ।
केरा : खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा धेरै बढ्छ । यसकारण, शरीरमा क्याल्सियम तथा म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ । त्यसैले, खाली पेटमा केरा नखानु नै बेश हुन्छ ।
तरुल : तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । त्यसकारण, यसलाई खाली पेटमा खाँदा ग्याष्ट्रिक एसिडको समस्या हुन्छ ।
- See more at: http://www.lightnepal.com/2408#sthash.lI7MqjAq.Xmbtlgzh.dpuf
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment