सावधान -“अस्पतालको कमाऊ धन्दा हुदै छ अप्रेशन गरेर बच्चा निकाल्ने काम” [ भिडिओ सहित ] -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

प्राकृतिक जन्म बच्चा र आमा दुवैका लागि धेरै अर्थमा सुखद मानिन्छ । तर यो प्राकृतिक परम्परामाथि शल्यक्रिया माध्यमले ठाउँ लिन थालेको छ । विशेषत निजी क्षेत्रको स्वास्थ्य संस्थाको बाक्लो उपस्थिति पछि सिजेरियन डेलिभरी फेसन नै बनेको छ । अफ्ठ्यारो वा आमा र बच्चको स्वास्थ्यमा प्रतिकुल परिस्थिति आइपर्ने अवस्थामा मात्र गरिने सिजेरियन डेलिभरी बढेकोप्रति सरकार र सरकारी नियाकहरुले पनि चासो देखाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत पर्ने पारिवारिक स्वास्थ्य विभागले नर्सिङ होम र निजी अस्पतालहरुमा सिजेरियन डेलिभरीको संख्या उच्च रहेकोमा चासो देखाउँदै आएको छ । पछिलो समय प्राकृतिक जन्म भन्दा अप्रेसन गरेर बच्चा जन्माउनेहरु बढिरहेका छन् । चिकित्सकहरुका अनुसार आमा र बच्चाको स्वास्थ्यमा खतरा आईपर्ने देखिए मात्र सिजेरियन सेक्सन गर्ने हो्र स्वेच्छाको रोजाईले गरिएको सिजेरियन सेक्सनले आमा र बच्चाको स्वास्थ्यमा हानी पु¥याउने चिकित्सकहरुको ठहर छ । १० देखि १५ प्रतिशत गर्भवतीमा मात्र डेलिभरीको बेला समस्या आउँछ। त्यसमध्ये ५ प्रतिशतलाई मात्र शल्यक्रिया आवश्यक हुन्छ। थापाथलीको प्रसुति गृहमा १५ प्रतिशतभन्दा कम मात्र सिजेरियन डेलिभरी हुन्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सिजेरियनको दर २५ प्रतिशत मात्र छ। तर काठमाडौँ मेडिकल कलेजमा यो दर ४४ प्रतिशत छ। कीर्तिपुर अस्पतालमा ४९ प्रतिशत छ। ओम हस्पिटलमा अधिकांश डेलिभरी सिजेरियन नै हुने तथ्यांकले देखाएको छ । नर्सिङ होम वा मेडिकल कलेज वा निजी अस्पतालहरुले नर्मल डेलिभरी भन्दा सिजेरियन डेलिभरी तीन गुणा बढी गर्ने गरिरहेको तथ्यांकले देखाएको छ । अस्पतालहरुमा ३० हजारदेखि एक लाख रुपियाँसम्म सिजेरियन डेलिभरीका लागि तिर्नुपर्छ। जबकि प्रसुति गृह जस्ता सरकारी अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क हुन्छ। -  

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment