सर्वप्रथम सगरमाथा चढ्दा लगाएको घडी रु ४२ लाखमा बिक्री - puf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही सर एडमण्ड हिलारीले पहिलोपटक आरोहण गर्दा लगाएको घडी ४२ लाख रुपैयाँमा बिक्री भएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पासहित उनले सन् १९५३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गर्दा लगाएको यो रोलेक्स ब्राण्डको घडी २७ हजार १ सय ४० (झण्डै ४२ लाख नेपाली रुपैयाँ) बेलायती पाउण्डमा बिक्री भएको हो । ऐतिहासिक घडीको संग्रह गर्ने संसारभरीका पारखी हिलारीको यो घडी प्राप्त गर्ने दौडमा थिए । ५ हजार पाउण्डबाट सुरु भएको लिलामी २७ हजार पाउण्डमा गएर टुंगिएको छ । - रेकर्ड कायम


पहिलोपटक सगरमाथा आरोहण गर्ने घडी प्राप्त गर्ने दौड जितेका छन् एक जर्मन नागरिकले । शुक्रबार बेलायतको सफोल्कमा भएको लिलामीमा अन्य ११ जना जनाले प्रतिस्पर्धा गरेका थिए ।
यसअघि पर्वतारोहीले प्रयोग गरेका घडी १७ हजार पाउण्डसम्ममा बिक्री भएका थिए । यसअर्थमा हिलारीको रोलेक्स घडीले धेरै मूल्यको रेकर्ड कायम गरेको छ ।
हिलारीले प्रयोग गरेको यो घडी रोलेक्स कम्पनीले निकै कम मात्र उत्पादन गरेको थियो । यो घडीमा निकै उचाईमासमेत प्रयोग गर्न मिल्ने प्रविधि थियो ।
न्यूजील्याण्डका नागरिक हिलारीले नेपालका तेन्जिङ नोर्गेको सहयोगमा १९५३ मे २९ मा शिखर आरोहण गरेका थिए । हिलारीको ८८ बर्षको उमेरमा सन् २००८ मा निधन भएको थियो । 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment