भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
प्रताप बानियाँ – म्याग्दी, फागुन १३ – म्याग्दीको उत्तरी क्षेत्रा दाना गाविसको सोलीघोप्टे धुरीमा बुधबार भएको विमान दुर्घटनाको शव ल्याउने तयारी भइरहेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दाना गाविसको सोलीघोप्टेको धुरीनजिकै केगरबुटा भिरमा ठोक्किएर दुर्घटना हुँदा विमानमा रहेका सबै २३ जनाको ज्यान गएको छ । घटनास्थल सोलीघोप्टे धुरीमा अहिले धौलागिरी अञ्चल प्रहरी कार्यालय बाग्लुङका एसएसपी छविलाल जोशीको नेतृत्वमा म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्कासहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयवासीको टोली खटिएको छ ।
दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव ल्याउनका लागि हेलिकप्टर परिचालन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो । उनीहरुको शव बुधबारै ल्याउने भनिए पनि खराब मौसमका कारण उद्दारकार्यले सार्थकता पाउन सकेन । बुधबार दिनभर जसो बाक्लो हुस्सु र कुहिरो लागेका कारण हेलिकप्टर जान नसकेको र ल्याण्ड गर्ने ठाउँ नहुँदा शव उठाउन नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी प्रहरी र स्थानीयको प्रयासमा बेनी–जोमसोम सडकखण्डमा शव ल्याउन तयारी गरिए पनि अप्ठ्यारो र भिरालो ठाउँ भएको हुँदा त्यो प्रयास पनि सफल हुन नसकेको प्रहरीले जनाएको छ ।
अहिले शव संकलन भइरहेको र बिहीबार हेलिकप्टरमार्फत शव पोखरा पठाइने दुर्घटनास्थलबाट अञ्चल एसएसपी छविलाल जोशीले टोलिफोनमा जानकारी दिनुभएको छ । दुर्घटनास्थल वरपर पहाडमा छरिएर रहेका शव संलन गर्न लागिएको उहाँले बताउनुभयो । भिरमा ठोक्किएर दुर्घटनाग्रस्त विमान पूर्णरुपमा जलेको छ । बुधबार बेलुकासम्म १९ जनाको शव फेला परेको थियो ।
बुधबार बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एन एएचएच ट्वीनेटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीनजना सदस्य सवार थिए । दाना प्रहरीचौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय युवा नवीन खड्काको नेतृत्वमा खोजीको लागि गएको टोलीले सम्पर्कबिहीन भएको झण्डै ५ घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा जहाजलाई फेला पारेका थिए । साभार उज्यालो एफ एम।
- See more at: http://www.lightnepal.com/2635#sthash.rK6mj0I7.yTGBAnFg.dpuf
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment