भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
१२ फागुन, पोखरा। चालक दलका सदस्यसहित २३ जना सवार तारा एयरको विमान बुधबार बिहान बेपत्ता भएको छ ।
बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।
कल साइन ९-AHH रहेकाे साे विमानको खोजी कार्य जारी रहेको मैनालीले बताए ।
खोजीमा दुईवटा हेलीकोप्टर परिचालन
विमानको खोजीका लागि जोमसोमबाट नेपाली सेनाको एउटा हेलीकोप्टर परिचालन भएको जोमसोम नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
विमानको खोजीका लागि पोखराबाट निजी हेलिकोप्टर समेत परिचालन गरिएको र शंकास्पद स्थानमा खोजी भइरहेको खत्रीले बताए ।
तारा एयर भन्छ- यो नयाँ विमान हो
तारा एयरले जनाए अनुसार हराएको यो विमान गत सेप्टेम्बरमा मात्रै खरीद गरिएको नयाँ हो । यो विमान किनेको तारा एयरका बजार प्रवन्धक भीमराज रार्इले अनलाइनखबरलाई बताए । राईका अनुसार विमानमा चालक दलका ३ सदस्यसहित १८ यात्रु थिए ।
तर, प्रमुख जिल्ला अधिकारी मैनालीले भने चालक दलका सदस्यसहित विमानमा २३ जना रहेको अनलाइनखबरलार्इ बताएका छन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment