भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
६६ प्रकारका नेपाली सामाग्रीमा भन्सार छुट पाउनु पर्छ भन्दै ओबामाले गरे हस्ताक्षर –
प्रकाशित मिति : Thursday, February 25th, 2016 at 8:19 AM
१३ फागुन, काठमाडौं । नेपाललाई विशेष व्यापार ग्राहृयता प्रदान गर्ने कानुनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका छन् । यो कानुनले निश्चित गलैैचा तथा गार्मेन्टसहित ६६ प्रकारका नेपाली सामाग्रीमा भन्सार छुट पाउनेछन् ।
नेपाल कार्यक्रमलाई १० वर्षका लागि निम्ति स्वीकृति प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतबासले जनाएको छ । गत वैशाखको विनाशकारी भूकम्पपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने भन्दै यो कानुन प्रस्ताव गरिएको थियो ।
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले भनेकी छन्, ‘नेपाली व्यापार व्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउने यो ठूलो अबसर हो ।’
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment