‘स्वतन्त्रताको नाममा मुलुक विखण्डन गर्न खोज्नेलाई कारबाही हुने’

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, ९ फागुन । सरकारले स्वतन्त्रताको नाममा मुलुक विखण्डन गर्न खोज्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

क्रान्तिकारी पत्रकार संघ सप्तरी शाखाले आइतबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा सिँचाइमन्त्री उमेशकुमार यादवले असाधारण परिस्थितिको फाइदा उठाएर केही तत्वहरूले मुलुक विखण्डन गर्न खोजेको भन्दै त्यस्तो तत्वहरुमाथि कारबाही गर्न सरकार पछि नहट्ने बताएका हुन् ।

एकीकृत माओवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री यादवले सीमांकन सहितका विषयमा हाल देखिएको विवाद अन्त्यका लागि सरकारद्वारा गठित उच्चस्तरीय संयन्त्रको विरोध गर्न छाडेर सहभागी हुने मधेशी मोर्चालाई आग्रह समेत गरे ।

समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम र जलउत्पन्न तथा नदी नियन्त्रण लगायत कार्यक्रम निरीक्षण गर्न सप्तरीमा पुगेका उनले खाँडो, बलान र पश्चिम राप्ती नदी नियन्त्रणका लागि भारतलाई प्रस्ताव गरिसकिएको जानकारी दिए ।

सप्तरीको बेल्ही भन्सार अगाडि भारतको कुनौली जोड्ने पुल निर्माणका लागि पनि आफूले भारतीय पक्षसँग प्रस्ताव गरेको उनको दावी छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment