भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
काठमाडौँ : सिन्धुपाल्चोक केन्द्र बनाई शुक्रबार राति गएको ५.५ म्याग्निच्युडको भूकम्पका कारण काठमाडौँको अनामनगरमा १० जना घाइते भएका छन्।
अनामनगर मदन भण्डारी कलेज नजिकै घरको शिशा फुटेर उनीहरु घाइते भएका हुन्। घाइतेहरु पुल बनाउनका लागि खटिएका कामदारहरु भएको बुझिएको छ।
घाइते मध्ये कसैको शिशाले हात, कसैको खुट्टा काटिएको देखिन्छ। शुक्रबार राति १० बजेर ५ मिनेटमा काठमाडौँ लगायत नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसूस गरिएको छ। लामो समयपछि काठमाडौँवासीले निकै बेरसम्म भूकम्पको धक्का महसूस गरिएको थियो। काठमाडौँका केही स्थानमा भूकम्पपछि मानिसहरु घर बाहिरसमेत निस्किएका थिए।
पहिलोपोस्ट संवाददाता विनोद ढकालका अनुसार वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा पनि ठूलो धक्का महसूस गरिएको थियो। पहिलोपोस्टका पाठकहरुले ट्विटरबाट दिएको जानकारी अनुसार सिन्धुपाल्चोक, पोखरा, काभ्रे, चितवन, तनहुँ, वीरगञ्जमा पनि कम्पन महसूस गरिएको थियो:
तस्बिर र समाचार पहिलो पोस्ट बाट साभार गरिएको |
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment