आखिर किन दिएन भारतले मागेजति तेल ?

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौँ ९ फागुन । रक्सौल नाका खुलेको तीन सातापछि पनि भारतले सहज रुपमा पेट्रोलियम पदार्थ दिएको छैन । तेल नआउँदा उपभोक्ताले दुःख पाइरहेका छन् ।

मधेसी दलको आन्दोलन फिर्तासँगै माघको चौथो साता रक्सौल नाका खुलेपछि आपूर्ति सहज हुने अपेक्षा थियो । भारत सरकारको पूर्ण स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमले मागेअनुसार तेल नदिँदा अभाव नघटेको हो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण निश्चित भएपछि आयात बढ्ने आसमा रहेका निगमका उच्च अधिकारी तेल नआउँदा अचम्ममा परेका छन् ।

रक्सौलमा दैनिक २८ लाख लिटर डिजेल, पेट्रोल लिन गाडी पठाए पनि कागजी प्रक्रिया देखाएर आइओसीले अलमल गरिरहेको निगमका उच्च अधिकारीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment