भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्ताबाट बाहिरिँदा प्रश्न उठान नमिल्ने गरी काम गर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो कार्यकाल अवधिभर अर्थतन्त्रलाई आत्मनिर्भर हुने गरी काम गर्न दावी गरे । नयाँ ढाँचामा तीब्र गतिमा देशमा अर्थतन्त्रको विकास हुने उनको दावी छ ।
सिंहरदरबार र बालुवाटार एकदिन छाड्नु पर्ने भन्दै उनले त्यहाँबाट निस्किने बेला प्रधानमन्त्री बनेर देशमा के भयो भनेर प्रश्न गर्ने ठाउँ नै नराख्ने आफ्नो उद्देश्य रहेको बताए । चाँडै नै आफूले अर्थपूर्ण र महत्वपूर्ण रहने गरी भारत र चीनको भ्रमण गर्ने जानकारी दिएका प्रधानमन्त्री ओलीले भने, ‘मुग्लीनतिरको पहरोमा जस्तै बाटो बनिसक्यो । म अहिले त्यहि बाटोमा हिँडिरहेको छु । अब छिट्टै इन्डिया पनि र चाइना पनि भिजिटमा जाँदैछु । ति भिजिटहरु केहि अर्थमा नयाँ छन् ।’
आफूले बोलेका कुराहरुलाई हावा र उखान टुक्काको संज्ञा दिइएकोप्रति असन्तुष्टि जनाएका उनले आर्थिक विकासका कुराहरुलाई उखानटुक्काको रुपमा पुष्टि गर्न पनि चुनौती दिए । १०–२० बर्षपछि र अघि पनि आफूले बोलेका कुराहरुमा आफू उत्तिकै जवाफदेही रहेको उनले स्पष्टोक्ती छ ।
सोही कार्यक्रममा प्रेस चौतारीले हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार मकवानपुरका अग्रज पत्रकार तथा प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष देवराज रिमाललाई र वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार सिरहाका दिलीपकुरमा सिंहलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार दैलेखका यज्ञराज थापा र अछामका विद्युतमा आउजीलाई संयुक्त रुपमा प्रदान गरिने चौतारीले निर्णय गरेको छ । सो पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)मा वितरण गरिने छ।

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment