भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
रोजगारीको शिलशिलामा पाच बर्ष पहिले युएई आएर युएईको अबुधाबीमा कार्यरत स्याङ्जा बिचारी चौतारा -७ का मोति बहादुर केसीको पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज म्याग्दीको सोली घोप्टेमा दुर्घटना हुदा उनको निधन भएको छ ।उनीसंगै घुम्न गएकी उनकी श्रीमती पवित्रा केसीको पनि सोहि दुर्घटना परि निधन भएको छ ।अबुधाबीको एक अल जाबर क्यून सेक्युरिटी कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत उनि एक महिना पहिले दुई महिनाको बिदा लिएर घरमा गएका थिए। अघिल्लो बर्ष बिदामा जादा ठुलादिखी १ कि पवित्रा संग बिबाह बन्धनमा बाधिएका उनी बिहे लगत्तै फेरी अबुधाबी फर्केका थिएफेरी एक बर्ष काम गरेर छुट्टी मनाउन एक महिनापहिले घरमा गएको र आज अचानक मृत्युको खबर आएको सोहि कम्पनीमा कार्यरत स्याङ्गजाका दिपक पोखरेलले सुनौलो नेपाललाई बताए।घरमा गएको बेला श्रीमती पवित्रासंग घुमघाम गर्न जोमसोम जाने क्रममा बिमान दुर्घटना हुदा दुबैको मृत्यु भएको हो।बुधबार बिहान दुर्घटनामा परेको उक्त दुर्घटनामा उनीहरु संगै विमानमा सवार सबै २३ जनाको मृत्यु भएको पुष्टी भैसकेको छ ।
सुनौलो नेपाल / मोहराज शर्मा मोहन युएई
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment