भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
सिँचाइमन्त्री उमेशकुमार यादवले स्वतन्त्रताको नाममा मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने खुलासा गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्घले सप्तरीको राजविराजमा आयोजीत पत्रकार सम्मेलनमा मन्त्री यादवले यस्तो खुलासा गरेका हुन् । ‘असाधारण परिस्थितिको फाइदा उठाएर केही तत्वहरू देश विखण्डन गर्न खोज्दै छन्,’ उनले भने, ‘तर राज्य त्यस्तो तत्वहरुमाथि कारबाही गर्न पछि पर्दैन ।’

मन्त्रालयद्वारा सञ्चालित समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम र जलउत्पन्न तथा नदी नियन्त्रण लगायत कार्यक्रम निरीक्षण गर्ने क्रममा गृह जिल्ला सप्तरी आएका मन्त्री यादवले नदी नियन्त्रणको कामसँगै सडक निर्माणलाई पनि प्राथमिकता दिइने बताए ।
खाँडो, बलान र पश्चिम राप्ती नदी नियन्त्रणका लागि भारतलाई प्रस्ताव गरिसकिएको जानकारी दिँदै उनले सप्तरीको बेल्ही भन्सार अगाडि भारतको कुनौली जोड्ने पुल निर्माणका लागि पनि आफूले भारतीय पक्षसँग प्रस्ताव गरेको जानकारी दिए ।

0 comments:
Post a Comment